बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै
बैतडी-असोज १८/ बैतड्रीमा ‘स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीले दिएको जानकारी अनुसार जिल्लामा ‘स्क्रब टाइफसका बिरामी बढ्दै गएका हुन् । अस्पतालमा चेकजाँच गर्दा हाल दैनिकरूपमा ‘स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका बताइएको छ । गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा सङ्क्रमण देखिसकेको छ । गतविगतमा कमै मात्रामा फेला पर्ने ‘स्क्रब टाइफसका बिरामी यो वर्ष भने बढ्दै गइरहेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जनाकारी दिुनभयो । पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको उहाँको भनाई छ । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको पनि अस्पताल स्रोतले बताएको छ ।