बैतडीमा चाँडपर्व विशेष सुरक्षा योजना लागु , ३ सय ८८ सुरक्षाकर्मी परिचालन
बैतडी-असोज १८/ बैतडीमा चाँडपर्व विशेष सुरक्षा योजना लागु गरिएको छ । नेपालीहरुको महान चाँड दशैँ तिहारलाइ मध्यनजर गर्दैै जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको हो । चाडपर्वलाई शान्तिपूणर् रुपमा सम्पन्न गराउन सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभयो । चाँडपर्व विशेष सुरक्षा योजना अन्तरगत ३ सय ८८ बढी सुरक्षाकर्मी परिचालन भएका उहाँले बताउनुभयो ।
चाँडपर्वका बेला हुनसक्ने संम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीले जिल्लाभरी १ सय १७ वटा डिउटी परिचालन गरेको बताएको छ । यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिएको बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई पनि प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।
जिल्लाका चार स्थानमा ट्राफिक, सहित अन्य स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था जनाएको छ । राजमार्गमा स्कर्टिङ २ ओटा, दैनिक २ ओटा मोबाइल गस्ती, १७ ओटा पैदलगस्ती परिचाल गरिएको छ । कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।
यस्तै सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका १० स्थानमा यात्रुसहयता कक्ष स्थापना गरिएको छ । जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्तिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने संभावना, बैक तथा बित्तीय संस्थाहरु उपर हुनसक्ने संभावित लुटपाट, मेलापर्बहरुमा हुनसक्ने संभावित झै-झगडा तथा असुरक्षा, सिमानाकामा हुनसक्ने ठगी तथा अभद्र ब्यबहार र बिशिष्ट ब्यक्तिहरुको भ्रमणको क्रममा हुनसक्ने संम्भावित जोखीम लगायतका गतिबिधि हरुलाई नियन्त्रण गरी सुरक्षा ब्यवस्था लाई थप प्रभावकारी बनाइ जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मि परिचाल गरिएका जिल्ला प्रहरीकार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको जनाएको छ ।