जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी नेकपाको धर्ना

बैतडी-असोज १८/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि नेकपाले जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि धर्ना दिएको छ । यसअघिको सरकारसंग भएका सहमति कार्यान्वयनको माग गर्दैै देशव्यापी कार्यक्रम अनुसार सोमबार जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी पनि धर्ना दिइएको विप्लव नेतृत्वको नेकपा बैतडी जिल्ला कार्यालय सचिब दान सिहँ धामीले जानकारी दिनुभयो । सहमति कार्यान्वयनमा सरकारले बिलम्ब गरेकोले ध्यानाकर्षण गराउन धर्नामा बसेका उहाँको भनाइ छ । नेकपाले सोमबार तिन बुदे सहमति कार्यान्वयन गर्नुे पर्ने, प्रगतिशिल संयुक्त सरकार गठन गर्नुे पर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिएको हो । तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूणर् राजनीतिमा प्रवेश गरेको थियो। तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.