बैतडीः सतबाँझ र देहिमाण्डौ बजार अनुगमन, म्याद नाघेका सामान बरामद गरी नष्ट

बैतडी-असोज १८/ बैतडीमा बजार अनुगमनमा तिब्रता दिइएको छ । गत बिहीबारबाट बैतडीमा बजार अनुगमन जारी रहेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, प्रहरी कार्यालयलले जिल्लामा संयुक्तरुपमा दसैँ तिहार नजिकिएसँगै बजार अनुगमन गरिरहेको हो ।

  संयुक्त बजार अनुगमन टोलीले सोमबार सुर्नया गाउँपालिका २ मा रहेको सतबाँज र दशरथचन्द नगरपालिका स्थित देहिमाण्डौँ बजारका पसलहरुमा पनि अनुगमन गरेको छ । सतबाँझ र देहिमाण्डौँ बजारमा अनुगमन गर्दा ९ हजार हजार ६ सय ९५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको अनुगमन टोलीको भनाई छ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.