बैतडी : प्रहरी दिवसको पुर्ब सन्ध्यामा वृक्षारोपण र मास्क वितरण

बैतडी-असोज १७/ ६६ औं प्रहरी दिवसको पुर्ब सन्ध्यामा बैतडीमा पनी प्रहरीले बिभिन्न कार्यक्रमहरु गर्न थालेको छ । प्रत्येक बर्ष असोज २० गते मनाईने दिवसको अवसर पारी प्रहरीले बृक्षारोपण र मास्क वितरण गरेको हो । आईतवार कार्यालय परिसर भित्र बिभिन्न प्रजातीका फलफुल तथा अन्य विरुवाहरु गरी डेढ सय बढी विरुवा रोपण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले जानकारी दिनुभएको छ । जिल्लाका अन्य प्रहरी युनिटहरुले पनी आ-आफ्नो कार्यालय परिसर भित्र बृक्षारोपण गरेको उहाँले बताउनुभयो । यस्तै आईतवार जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायीक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिड्डुल गरिरहेका नागरिकहरुलाई मास्क वितरण गरी सम्झाई बुझाई गरी पठाएको बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.