बैतडी : दनपाले विद्यालयको दशै बिदा ११ दिन मात्रै गर्ने
बैतडी-असोज १७/ बैतडीको दशरथचन्द नगरपालिकाले दशैको अवसरमा ११ दिन मात्रै विद्यालयहरुको बिदा गर्ने निणर्य गरेको छ । गत बिगतका बर्षहरुमा दशै तिहारको विदा १ महिनासम्म हुने भए पनि यो बर्ष ११ दिन मात्रै बिदा गर्ने निणर्य भएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको अवस्थामा दशैको अवसरमा लामो समयसम्म विदा गर्नु उचित नहुँने भन्दै असोज २१ गतेदेखि ३१ गतेसम्म मात्र विदा गर्ने निणर्य नगर कार्यपालिकाको बैठकले गरेको उहाँको बताउनुभयो । यस अघि जिल्लाको दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनी दशै विदा ६ दिन मात्रै गर्ने निणर्य गरिसकेका छन् ।