प्रदेश सरकारले बनाउने आम सञ्चार नितिका बारेमा बैतडीका पत्रकारसंग छलफल

बैतडी-असोज १४/ बैतडीमा सुदुरपश्चिम प्रदेश सरकारले बनाउने आम सञ्चार नितिका बारेमा पत्रकारहरुसंग छलफल गरिएको छ । नितिका लागी गठन गरिएको मस्यौदा समितिले बिहिवार पत्रकारहरुसंग सदरमुकाम गोठलापानीमा छलफल गरेको हो । मस्यौदा समितिले अहिले प्रदेशका सबै जिल्लाहरुमा पुगेर क्रियाशिल पत्रकारहरुसंग नितिका बारेमा सल्लाह सुझाव संकलन गरिरहेको मस्यौदा समितिका सदस्य एबंम नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो । मस्यौदा समितिले प्रदेश सरकारको आम सञ्चार नितिमा पत्रकारका समस्या समाधान, पत्रकारका हकहित, पत्रकारिता पेशा मर्यादित र ब्यवस्थित बनाउने र सञ्चार माध्यमहरुको प्रभावकारीता लगायतका बिषयहरु मस्यौदामा समेटिएको जानकारी दिएको छ । मस्यौदा समितिले निति निर्माणका लागी छुटेका बिषयहरु पत्रकारहरुबाट माग गरेको थियो । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितामा पछिल्लो समयमा बिकृतिहरु मौलाउदै गएको अवस्थामा कसरी नियमन गर्न सकिन्छ भन्ने बिषयहरु आम सञ्चार नितिमा समेट्न बैतडीका पत्रकारहरुले सुझाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.