बिहिवार बैतडीका थप ४ जना कोरोना संक्रमित निको
बैतडी-असोज १४/ बिहिवार बैतडीका थप ४ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्लो २४ घण्टामा बिभिन्न स्थानिय तहका ४ जना संक्रमित निको भएका हुन् । यस्तै उक्त अवधिमा संक्रमण पुष्टि हुनेको संख्या भने शुन्य रहेको छ । अव जिल्लामा कोरोनाका सक्रिय संक्रमित १७ जना रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा ३ जना, सुर्नया गाउँपालिकामा २ जना, पञ्चेश्वर र सिगास गाउँपालिकामा १/१ जना र जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।