बैतडीको दोगडाकेदारले दशैमा ६ दिन मात्र विदा दिने
बैतडी-असोज १४/ बैतडीको दोगडाकेदार गाउँपालिकाले दशैको अवसरमा ६ दिनै मात्रै विद्यार्थीहरुलाई विदा दिने भएको छ । गत बिगतका बर्षहरुमा विजया दशमीको अवसरमा एक महिनासम्म बिदा दिईने भए पनि यो बर्ष भने ६ दिन मात्रै विदा दिईने गाउँपालिकाले जनाएको छ । बिश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण लामो समय देखि विद्यालयहरु बन्द रहेका र पठनपाठन प्रभावित भएको भन्दै दशैको लागी ६ दिन मात्रै विदा दिने निणर्य गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रयाग राज पन्तले जानकारी दिनुभएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दे असोज २६ गते फुलपातीको दिनदेखी असोज ३१ गतेसम्म मात्र विदा दिने र कार्तिक १ गतेदेखि पठनपाठन हुने सुचनामा उल्लेख गरेको छ ।यस अघि जिल्लाको डिलाशैनी गाउँपालिकाले पनी सुचना जारी गदै दशैको विदा ६ दिन मात्रै दिने जनाएको छ ।