दशैँका लागी फर्किन थाले प्रदेशी, सीमानाका झुलाघाटमा आवतजावत बढ्यो

जनक साउँद-बैतडी-असोज ११/ बैतडीको नेपाल भारत झुलाघाट सीमानाकामा आवाज जावत गर्नेको संख्या बढेको छ । दशै तिहार लगायतका चाडपर्वहरु नजिकिएसंगै सीमामा आवतजावत गर्नेको संख्या बढेको हो । रोजगारीका लागी भारतका बिभिन्न शहरमा रहेका नेपाली मदजुरहरु अहिले दशैका लागी घर फर्कि रहेका हुन् । एक हप्ता यता उक्त नाका भएर दैनिक ७० देखि सय जनासम्म नागरिकहरु नेपाल भित्रि रहेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयको भन्दा अहिले तुलनात्मक रुपमा नेपाल भित्रिनेको संख्या बढेको चौकीले जनाएको छ ।

    बैतडी, दार्चुला, बझाङ र डडेल्धुरा लगायतका जिल्लाका नागरिकहरु बर्खे बाली लगाएर रोजगारी खोज्दै भारत पस्ने गरेका छन् । भारतमा तिन, चार महिना मजदुरी गरी दशैँ तथा तिहारका लागी उनीहरु घर फर्किने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा सुदुर पहाडका नागरिकहरुले रोजगारीको लागी भारत पस्नु पर्ने बाध्यता रहेको छ । खेतीपातीको समय बाहेक अन्य समय यहाँका नागरिकहरुको भारतमा मजदुरी गरेरै बित्ने गरेको छ ।

    खेतीपाती गरेर पनी बर्ष भरी खान नपुग्ने हुँदा प्रत्येक बर्ष भारतको पिथौरागढ लगायतका क्षेत्रमा आफुहरु मजदुरीका लागी जाने गरेको बैतडीका एक मजदुरले बताए । भारतमा मजदुरी गरेर छोराछोरीको कापी किताबको खर्च र घर खर्च चलाउने गरेको उनले बताए । आफुहर दशै मनाएर, खेतीपाती लगाएर फेरि भारत पस्ने उनको भनाई छ । यता सीमानाकामा आवत जावत बढे पछि कोरोना परीक्षणलाई पनी तिब्रता दिएको बताईएको छ । झुलाघाट हेल्थ डेस्कमा भारतमा एक महिना भन्दा बढी बसेर आउनेहरुको अनिबार्य कोरोना परीक्षण गर्ने गरेको बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.