हनुमान ध्वज गुल्म बैतडीले रोप्यो अढाई सय विरुवा
बैतडी-असोज ११/ बैतडीमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । हनुमान ध्वज गुल्म बैतडीले उपभोग गर्दै आएको दशरथचन्द नगरपालिका २ कठपतेमा रहेको जमिनमा सोमवार बृक्षारोपण गरेको हो । गुल्मको आयोजनामा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानियहरुको सहभागीतामा बृक्षारोपण गरिएको हो । वडा अध्यक्ष रन बहादुर बोहराको प्रमुख आतिथ्यतामा वातावरणीय सन्तुलन कायम राख्न तथा नागरिक, जनप्रनिधि, नेपाली सेना र प्रहरी बिचको आपसी सद्भाव कायम राख्न टेवा पुगोस भनेर संयुक्त रुपमा बिभिन्न प्रजातीका २ सय ५० वटा बिरुवाहरु रोपिएको हनुमान ध्वज गुल्म बैतडीका गुल्मपती खिल बहादुर रानाले जानकारी दिनुभएको छ । ओखर, अमला, लप्सी, रिठा, तिमुर र कल्की लगायतका फलफुल तथन बासँ, निगाँलो र धुपी लगायतका बिरुवाहरुको रोपण गरिएको गुल्मपती रानाले बताउनुभयो ।