बैतडीः४५ वर्ष माथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइदै
बैतडी असाेज ११ । बैतडीमा ४५ वर्ष माथिका नागरिकहरुलाइ कोरोना विरुद्धको भेरोसेल खोप दिइदै छ । असोज ९ गतेबाट खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
४५ वर्ष माथिका नागरिकरुलाइ अहिले भेरोसेल खोपको पहिलो मात्रा लगाइन लागेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश प्रशाद भट्टले जानकारी दिनुभयो ।खोप सेवा जिल्लाको सबै वडाहरुको पाइकपर्ने स्वास्थ्य संस्थाहरुबाट प्रवाह भइरहेको उहाँले बताउनुभयो ।
असोज ९ गते शनिबार देखि आइतबार सम्म पुर्चौडी नगरपालिका र शिवनाथ गाउँपालिकामा खोप दिइएको छ। । यस्तै मेलौली नगरपालिकामा १० र ११ गते, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा ११ र १२ गते खोप दिइनेछ ।
१२ र १३ गते पञ्चेश्वर र सिगास गाउँपालिकामा खोप दिइने बताइएको छ । यस्तै १४ र १५ गते डीलाशैनी गाउँपालिकमा खोप दिइने बताइएको छ । भेरोसेल खोपको दोश्रो मात्रा २८ दिनभित्र लगाईसक्नुपर्ने हुन्छ ।