बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङख्या घट्दै
बैतडी असाेज १० ।बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङख्या घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीले दिएको तथ्याङअनुसार जिल्लामा सुरक्षित गर्भपतन गाराउने महिलाको सङख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार २०७५÷७६मा ७ सय७७ , ७६÷७७ मा ५ सय ८१ र ७७ ÷७८ मा ५ सय ६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यी मध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्ष मुनिका रहेका बताइएको छ । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाहरुको सङख्यामा कमि आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।
९ ओटा संस्थाबाट गर्भपतन सेवा
जिल्लामा ९ ओटा सुचिकृत संस्थाबाट सुरक्षती गर्भपतन सेवा प्रवाह भइरहेको बताइएको छ । ३ वर्ष अगाडी जिल्लाका २४ ओटा सुचिकृत संस्थाहरुबाट सेवा प्रवाह भइरहेकोमा अहिले ९ ओटा संस्थाहरुबाट सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थ्यचौकी,शर्मालि स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी ,कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको हो । सुचिकृत संस्थाहरुमा तालिम प्राप्ता स्वास्थ्यकर्मीहरु नुहँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखीम बढदै गएको छ । सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आइतबार देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइएको छ ।