बैतडीः खोचलेक सित्तड रिम डिलाशैनी सडकखण्ड स्तरोन्नती सुरु
जनक साउद – असोज ५ / बैतडीको खोचलेक सलेना सित्तड रिम डिलाशैनी सडकखण्डको स्तरोन्नतीको काम सुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको लगानीमा पुर्बाधार बिकास कार्यालय बैतडी मार्फत सडक स्तरोन्नतीको काम सुरु भएको हो । सडकखण्डको २० किलोमिटरसम्म ७ मिटर चौडाई, मेसिनरी वाल र ह्युम पाईपहरुहरु निर्माण गर्ने गरी ६ करोड २६ लाखमा गौरा कन्सट्र«क्सनसगं ठेक्का सम्झौता भएको पुर्बाधार बिकास कार्यालय बैतडीका अधिकृत चुडामणी भट्टले जानकारी दिनुभयो । सडकखण्डको जिरो पोइन्टबाट स्तरोन्नतीको काम सुरु भएको बताउदै अधिकृत भट्टले गौरा कन्सट्र«क्सनसगं स्तरोन्नती सुरु भएको ढाईबर्ष भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झौता भएको बताउनुभयो । यस अघि गाउपालिकाले आफ्नै लगानीमा वडा नम्बर ६ सित्तडको गौकुरा धानाखाटसम्म झण्डै २४ किलोमिटर क्षेत्रफलमा ट्रयाक खोलीसकेको गाउपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।
गौरा कन्सट्र«क्सनले प्रदेश सरकारको उक्त बजेटमा स्तरोन्नती बाहेक बाँकी क्षेत्रमा ट्रयाक पनी खोल्ने पुर्बाधार बिकास कार्यालय बैतडीले जनाएको छ । खोचलेक सलेना सित्तड रिम डिलाशैनी सडकखण्डको २० किलोमिटर क्षेत्रमा नाली निर्माण, ग्याभिङ् वाल र सडक फराकिलो हुने भए पछि स्थानियहरु हर्षित भएका छन । प्रत्येक बर्ष बर्षातको समयमा अबरुद्ध हुने गरेकोमा सडक स्तरोन्नती भएमा उक्त सडकखण्डमा बाहृैमास गाडीहरु गुड्ने बिश्वास लिईएको छ । कच्ची सडकमा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेकोमा अब त्यसको अन्य हुने आशा गरेको स्थानिय गज बहादुर गोयलाले बताउनुभयो । आफुहरुको लागी निकै खुसीको कुरा भएको भन्दै उहाँले सडक स्तोन्नती भएमा स्थानिय उत्पादनहरु बजार क्षेत्रसगँ जोड्न पनी सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै सडक स्तोन्नती भएमा ग्रामीण क्षेत्रका बजारहरुमा ब्यापार ब्यबसाय पनी प्रबद्र्धन हुने अपेक्षा गरिएको छ ।