काङग्रेस दशरथचन्द नगर सभापतीमा भुवन भट्ट बिजयी
बैतडी-असोज ०९/ बैतडीको दशरथचन्द नगरपालिकामा नेपाली काङग्रेसको नगर सभापतीमा भुवन भट्ट चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनबाट वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका भट्ट उनका प्रतिद्धन्दी गजेन्द्र रावललाई हराउदै नगर सभापतीमा पुरै प्यानल सहित बिजयी भएका हुन् । उनले १ सय ४ मत प्राप्त गरेका छन् भने रावलले ७९ मत रहेको छ । यस्तै उपसभापतीमा सुरज बहादुर चन्द र हरिश टमटा, सचिवमा गणेश सिह थापा र श्याम बहादुर चन्द तथा सहसचिबमा उत्तम जोशी र राजेन्द्र बडु चयन भएका छन् ।