कृषि ज्ञान केन्द्र बैतडीले अनुदानमा आलुको बिउँ वितरण गर्दै

बैतडी-असोज ०८/ कृषि ज्ञान केन्द्र बैतडीले ५० प्रतिशत मुल्य अनुदानमा आलुको बिउँ वितरण गरि रहेको छ । जिल्ला भित्रका किसानहरु, कृषि सहकारी, कृषक समुह तथा कृषि फर्महरुलाई आलुको बिउँ वितरण गरि रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख दिल बहादुर सिँहले जानकारी दिनुभएको छ । माग अनुसार अहिले बिउँ वितरणको कार्य चलीरहेको र अहिले सम्म १६ क्वीन्टल बढी बिउँ वितरण गरि सकेको उहाँले बताउनुभयो । उन्नत जातको आलुको बिउँ फैलाउन र शरदकालीन आलु खेतीलाई बढवा दिन अनुदानमा उन्नत जातको बिउँ वितरण गर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । उक्त बिउँबाट किसानहरुले राम्रो उत्पादन गर्न सक्ने र छोटो समयमा आलु भित्र्याएर अन्य बालीहरु पनी लगाउन सक्ने केन्द्रले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.