मंगलबार बैतडीमा ३ जनाले कोरोना जिते, एक जनामा संक्रमण पुष्टि
बैतडी असाेज ५ । बैतडीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा बझाङ जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार ८६ जनाको कोरोना परीक्षण गर्दा बझाङ जिल्लाका एक जना महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ । यस्तै थप ३ जना कोरोना जितेर निको भएका छन् ।
दशरथचन्द नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जना गरि मंगलबार ३ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यस्तै अहिले जिल्लामा कोरोनाका सक्रिय संक्रमित १२ जना रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना र पाटन नगरपालिकामा एक जना रहेका छन् । यस्तै बैतडीमा एक जना कोरोनाका सक्रिय संक्रमित बाहिर जिल्लाका पनि रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
८ स्थानीयतहमा कोरोनाका सक्रिय संक्रमित शुन्य
दशरथचन्द र पाटन बाँहेक अन्य स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । तत्कालका लागि जिल्लाका ८ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, डीलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।