बैतडीः संविधान दिवसको अवसरमा हाजिरी जवाफ र हिज्जे प्रतियोगिता

बैतडी असाेज ३ । बैतडीमा पनि संविधान दिवस मनाईएको छ । संविधान जारी भएको ६ वर्ष पूराभइ ७ वर्ष लागेको अवसरमा बैतडीमा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । आइतबार संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो  ।

No description available.

जिल्लाको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा संविधान दिवस मनाइएको छ । इन्सेक नेपालको सहयोगमा विद्यालयमा गठित बालअधिकार चेतना समूहको आयोजनामा बालबालिकाहरूले नै संविधान दिवस मनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले  जानकारी दिनुभयाे  ।

No description available.

संविधान दिवसको अवसरपारेर विद्यालयमा मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता र प्रावि स्तरिय हिज्जे प्रतियोगिता गरिएको हो । बालअधिकार चेतना समूहकी अध्यक्ष निर्मला भाटको अध्यक्षतामा पाँच ÷पाँच ओटा सदनमा हाजिरीजवाफ र हिज्जे प्रतियोगितामा गरिएको छ ।

No description available.

हाजिरिजवाफ प्रतियोगितामा ग्रीन हाउस प्रथम , रेडहाउस द्धितीय , र ह्वाइट हाउस तृतिय भएको बताइएको छ । यस्तै हिज्जे प्रतियोगितामा ब्लु प्रथम, रेड द्धितीय र ग्रीन हाउस तृतिय भएको विद्यालय स्रोतले बताएको छ । यस्तै सिद्धेश्वर माविले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । दान सिहँ भाटको अध्यक्षतामा ११ सदस्यीय अभिभावक संघ पनि गठन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताउनुभयो । आइतबार गरिएको संविधान दिवस कार्याक्रममा शिक्षक ,अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

May be an image of 1 person, sitting and standing

सम्बन्धित

Leave A Reply

Your email address will not be published.