प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य मेला

बैतडी असाेज ३  । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ स्थित देहीमाण्डौ भगवती मताको मन्दिर परिसरमा दर्शन गर्ने भक्तजनहरुकाे घुइचो लगोको छ । हरेक वर्ष अनन्त चतुर्दशीका दिन निङ्गलाशैनी भगवती  मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको छ। यो जात्रा भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात पनि भनिन्छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। जात्रामा टाढा टाढाबाट समेत दर्शनार्थी आउने गर्दछन्। अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड कम गर्न अस्थायी पसल राखन दिएको छैन् । मेला अवधिभर देहीमाण्डौँ बजार क्षेत्रमा मदिरा निषेध गरिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.