बैतडीमा एकजना कैदीको कैद मिनाहा

बैतडी असाेज ३ । बैतडीमा एकजना कैदीको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का सूर्य दयालको संविधान दिवसको अवसरमा बाँकी कैद मिनाहा भएको हो ।संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दयालकाे बाँकी  सजाय माफी दिएकी हुन् ।   जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार ८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको हो ।कैद मिनाहा भएपछि उनि कारागारबाट छुटेका जेलर तिवारीले बताउनुभयो ।  दयाल २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए । संविधान दिवसको अवसरमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका मध्ये असल चालचलन भएका कैदीहरुको बाँकी कैद मिनाहा हुँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.