क्यानको अभिभारा सम्हालेका बैतडीका चन्द जनसेवाश्रीबाट विभूषित
बैतडी असोज ३ । संविधान दिवसको अवसरमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द विभूषित भएका छन् । क्यान अध्यक्ष चन्द जनसेवाश्री पञ्चम श्रेणीबाट विभूषित भएका हुन् । बैतडीको दशरथचन्द नगरपालिका ५ घर भएका चन्दलाई जनसेवाश्री पदक प्रदान गरिएको हो ।२०७२ सालमा पहिलो पटक र २०७६ सालमा दोश्रो पटक उनी क्यानको अध्यक्ष भएका हुन् । सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई विभूषणबाट सम्मान गर्दै आएको छ । उक्त विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने छ ।