बैतडीमा शुक्रबार कोरोनाका नयाँ संक्रमित शुन्य, २ जना निकोभए

बैतडी  असाेज १ । बैतडीमा शुक्रबार कोरोनाका नयाँ संक्रमित शुन्य रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ जनाको  परीक्षण गरिएकोमा कसैमा कोरोना नदेखीएको हो ।

यस्तै शुक्रबार २ जना कोरोना जितेर निको भएका छन् । शुक्रबार पाटन नगरपालिका र मेलौली नगरपालिकाका १ ÷१ जना कोरोना जितेर निको भएका हु्न । शुक्रबार दुइ जना कोरोना जितेर निको भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित १५ जना रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिका र मेलौली नगरपालिकामा १ जना, पुर्चौंडी नगरपालिका १ जना, सुर्नया गाउँपालिका १ र दोगडाकेदार गाउँपालिकामा एक जना रहेका छन् । तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.