बैतडीका थप दुइ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त
बैतडी भदाै ३१ । बैतडीका थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ४ का दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४५ जनाको कोरोना परीक्षण गरिएकोमा दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै बिहीबार थप २ जना कोरोना जितेर निको भएका हुन् । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १७ पुगेकाे छ ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिका र मेलौली नगरपालिकामा २÷२ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् । तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।