बैतडीको दशरथचन्द नगरपालिकामा असोज ३ र ४ गते सार्वजनिक विदा
बैतडी भदौ ३१ ।बैतडीको दशरथचन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार बसेको बैठकले वडा नं २ देहीमाण्डाैँ स्थित निङ्गगलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल पक्ष अनन्त चर्तुदशीका दिन लागने मेलाका लागि दुइ दिन असोज ३ र ४ गते स्थानीय विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले आज एक सूचना जारी गदैै असोज ३ र ४ गते नगरभित्रका सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक विदा दिइएको जनाएको छ । निङ्गगलाशैनी भगवती मन्दिरमा मेला लाग्न हुदा सबै जना जाने भएकाले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको नगर उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मिक स्थल निङ्गगलाशैनी मन्दीरमा प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष अनन्त चुर्तुदशीका दिन मेला लाग्ने गर्दछ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा समेत हुने गरेको छ। सो मेलामा टाढा टाढा बाट समेत दर्शनार्थिहरु आउने गर्दछन । निङगलाशैनी भगवती मन्दिरमा चोखो मनले पूजापाठ गरेमा मनोकामनापूर्ण हुने जनविश्वास रहिआएको छ ।