बैतडीमा शनिबार कोरोनाका नयाँ संक्रमित शुन्य
बैतडी भदाै २६/ बैतडीमा शनिबार कोरोनाका नयाँ संक्रमित शुन्य रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थय कार्यालय बैतडीले जनाएको छ । यस्तै शनिबार २ जना कोरोना जितेर निकोभएका छन् । दशरथचन्द नगरपालिकाका २ जना कोरोना जितेर संक्रमणमुक्त भएका हुन् । २ जना संक्रमणमुक्त भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित १९ जना रहेका छन् । कोरोनाका सक्रिय संक्रमित मध्ये १ जना जिल्ला बाहिरका रहेका छन् भने १८ जना बैतडीकै हुन् । बैतडीमा सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा १÷१ जना रहेका छन् ।