बैतडीः माग पुरा गर्ने आश्वासन पाएपछि शिक्षक रानाको परिवारले तोड्यो अनशन

बैतडी भदाै  २६ ।बैतडी  आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले अनशन तोडेका   छन्  । १४ महिनाको तलव  पाउनु पर्ने माग गर्दै जिल्ला समन्वय समिति बैतडीमा अनसनबसेका रानापरिवारले   माग पुरा गर्ने आश्वासन पाएपछि शुक्रबार अनशन तोडेका हुन् ।

जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको शिक्षक रानाले  बताउनुभयाे  । शिक्षक रानाको समस्या समाधानका लागि तत्काल रोकिएको तलब निकासा गर्ने सहमति  भएको जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितका प्रमुख सिद्धराज भट्टकाे  भनाइ छ  ।शिक्षक  राना दशरथचन्द नगरपालिका ४ स्थीत ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर उनले गत १४ महिना सम्मको तलव पाएका छैनन्  । राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ–६ कानलीबाट विस्थापीत भएका ब्यक्ति हुन् ।

शिवनाथ गाउँपालिका वडा नम्बर ६ कानली निवासी करन राना २०७२ सालमा गाउँलेहरुले बिभिन्न आरोप लगाएर घरमा आगो लगाई दिए पछि बिस्थापित भएका थिए । घरमा आगोे लगाए पछि बिचल्लीमा परेको स(परिवार सहित उनी हारगुहार माग्दै जिल्ला सदरमुकाम पुगेका थिए । पेशाले उनी शिक्षक हुन् भने उनी श्रीमति राजु राना पनी शिक्षण पेशामै आबद्ध छिन्

गाउँकै बिद्यालयमा अध्यापन गराउने राना गाउँबाट बिस्थापित भए पछि जिल्ला सदरमुकाम आएर फेरि गाउँ फर्किने अवस्था नरहे पछि उनको मार्कालाई मध्यनजर गर्दै २ बर्ष पछि २०७४ सालमा जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायहरुले उनलाई जिल्ला सदरमुकाममै रहेको ईश्वर आधारभुत विद्यालय डोबरामा निमाबि तहको राहत कोटामा र उहाँकी श्रीमतीलाई जगन्नाथ आधारभुत विद्यालय बैतडीमा शिशु कोटामा काज मिलाई दिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.