निर्णय सच्चाउन माग राख्दै नेविसंघ द्वारा सिटिईभिटि केन्द्रिय कार्यालयलाई ज्ञापन पत्र

असोज -४/ बैतडी सहित सुदूरपश्चिम प्रदेशका नौटै जिल्लाका नेपाल विद्यार्थि संघ अध्यक्षहरुले सिटीईभिटी केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । सिटिईभिटिको ३ बर्से डिप्लोमा तहको प्रबेश परिक्षा एसईई र कक्षा ८ को प्राप्त प्राप्तांकको आधारमालिने निर्णय सच्चाउन माग गर्दै संयुक्तरुपमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मार्फत सिटीईभिटी केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।

सीटीईभिटी प्रदेश कार्यालयका निमित्त निर्देशक बिरसिंह धामीलाई नेबिसंघका नौ वटै जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभयो । सीटीइभिटी परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परिक्षाका लागि एसईईमा प्राप्त गरेको प्राप्ताङकलाई ६० र कक्षा ८ मा प्राप्त गरको प्राप्ताङलाई ४० प्रतिशत अंकभार प्रदान गरि छनौट गर्ने प्रकृया अपारदर्शी र अबैज्ञानीक रहेको ठहर गर्दै उक्त प्रकृया सच्चाउन माग गरिएको छ ।

प्रवेश परिक्षा प्रणालीका माध्यमबाट बिद्यार्थीको छनौट गर्न वा सरकारी बिद्यालयबाट उतिर्ण बिद्यार्थीका लागि ८० प्रतिशत सिट सुनिश्चित गर्नेु पर्ने नौ वटै जिल्ला अध्यक्षहरुद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यदि सात दिन भित्र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.