बैतडीः सिद्धेश्वर मावि हुक्केडाँडामा ३८ वर्ष पढाएका शिक्षक महराको विदाइ
बैतडी भदौ २५ ।बैतडीको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले शिक्षक विदाइ कार्यक्रम सम्पन्न गरेको छ । विगत ३८ वर्षदेखी विद्यालयमा कार्यरत शिक्षक लाल सिहँ महरा उमेर हदले अनिवार्य अवकासमा परेसँगै शुक्रबार एक औपचारिक कार्यक्रमका साथ विदाइ गरिएको विद्यालयका कार्यालय सहयाेगी गोपाल सिहँ महराले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि आधारभूत तहमा अध्यापन गराउँदै आउनुभएका शिक्षक महरालाई अबिर, फूलमाला ,कदर सम्मानपत्र प्रदान गरेर बाजागाजाका साथ ससम्मान विदाई गरिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिँह भाटको अध्यक्षतामा विदाइ कार्याक्रम सम्पन्न भएको बताइएको छ ।
शिक्षक महराले ३८ वर्षे कार्यकालमा विद्यालयमा पु¥याएको योगदान अतुलनिय रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले उल्लेख गर्नुेभयो । विद्यार्थीहरुको भविष्य निर्माणमा उहाँले पु¥याएको योगदानकाे उच्चकदर गर्दै विद्यालय परिवारले सम्मानका साथ शुक्रबार विदाइ गरेको छ । कोरोना कहरका कारण समाजिक दुरि कायम गरि सम्पन्न गरिएको विदाइ कार्यक्रममा शिक्षक, विद्यार्थि, अभिभावक लगायत अन्य नागरिकहरुको पनि सहभागिता रहेको थियो ।