बैतडीःदोगडाकेदार गाउँपालिका भित्रका विद्यालय भदौ ३० बाट खुल्ने

बैतडी भदाै २५ । बैतडीको दोगडाकेदार गाउँपालिका भित्रका विद्यालय ३० गते बाट सञ्चालनमा आउने भएका छन् । पालिकाको शिक्षासाखाले शुक्रबार एक सूचना जारीगरेर भदौ ३० गते बाट विद्यालय सञ्चलान हुने जनाएको हो ।

शुक्रबार बसेको पालिकाको गाउँशिक्षा समितिको बैठकले ३० गते बाट विद्यालय खोलेर भौति उपस्थितिमा पठन पाठन गर्ने निर्णय गरेकाे पालिकाका शिक्षा शाखा संयोजक शुरेश प्रशाद भट्टले जानकारी दिनुभयो ।

विद्यालय खोल्ने निर्णयभएकाले सबै विद्यालयलाई कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर विद्यालयमा पठनपाठन गर्न आग्रह गरिएको उहाँले बताउनु्भयो । दोगडाकेदार गाउँपालिका भित्र ५९  ओटा सामुदायिक र ३ ओटा संस्थागत विद्यालय रहेका  बताइएकाे  छ ।

बैतडीमा धमाधम विद्यलाय खुल्न थालेका छन् । अहिले जिल्लाका ५ स्थानीयत दशरथचन्द, पाटन नगरपालिका , शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिका भित्र सञ्चालनमा छन् ।

यस्तै पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका , डीलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाले भने भदाै २७ गतेबाट विद्यालय सञ्चालनमा आउने जनाएको छ । कोरोना संक्रमणदर घट्दै गएपछि अहिले यहाँँका विद्यालय सञ्चालन भइरहेका हुन् ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.