अनेरास्ववियु क्रान्तिकारी बैतडीको अध्यक्षमा गोविन्द माल
बैतडी भदौ २४। अनेरास्ववियु क्रान्तिकारी बैतडीको अध्यक्षमा गोविन्दसिंह माल चयन भएका छन् । बिहीवार सम्पन्न अनेरास्ववियु क्रान्तिकारीको ९ औं जिल्ला सम्मेलनमा माल सर्वसम्मत चयन भएका हुन् । बिहीबार भएकाे अनेरास्ववियु क्रान्तिकारीको ९ औं जिल्ला सम्मेलनले मालकाे अध्यक्षतमा ५१ सदस्यीय जिल्ला कमिटिमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनम धामी, पूर्ण धामी र गणेश ओड चयन भएका छन् । यसैगरी सचिवमा गणेश बम, कोषाध्यक्षमा हेमा कुँवर र सहसचिवमा रोशन भट्ट, सुरज विक र तेजराज जोशी चयन भएका नेकपा माओवादीका युवा नेता केशब राज भट्टले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवँ सुदूरपश्मि प्रदेश संयाेजक मदन भुलकाे प्रमुख आथित्यता तथा प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट आदित्यको विशिष्ट आथित्यतामा सम्पन्न अनेरास्ववियु क्रान्तिकारीको ९ औं जिल्ला सम्मेलनमा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।