बिहीवार बैतडीमा ५५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित शुन्य

बैतडी भदौ २४ ।बैतडीमा बिहीवार कोरोनाका नयाँ संक्रमितको सङख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण गरिएको कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।बुधबार ३ जनामा संक्रमण पुष्टि भएकोमा बिहीबार संक्रमित नथपिएका हुन् । बिहीबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै अहिले जिल्लामा कोरोनाका सक्रिय संक्रमित २० जना रेहका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिका २ जना, दोगडाकेदार गाउँपािलका, पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिका १÷१ जना रहेका छन् । यस्तै बैतडीमा बाहिरका एक जना सक्रिय संक्रमित रहेका छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.