बैतडीमा अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक सामग्री वितरण

बैतडी भदौ २४ ।बैतडीमा अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक सामग्री वितरण गरिएको छ ।स्वास्थ्य कार्यालय बैतडीले गत आर्थिक बर्षको स्वीकृत कार्यक्रमबाट अपांगता सहायक सामग्री वितरण गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रशासन अधिकृत जयबहादुर कुवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा १७ जनालाई ह्वील चेयर,४ जनालाई ट्वाईलेट चेयर,६ जनालाई बैशाखी, २ जनालाई छडी, २ जनालाई चस्मा, ५ जनालाई स्टुलपट , कम्बर पेटि २ जनालाई र वाकर १ जनालाई वितरण गरिएको छ । सुदूरपश्चि प्रदेश समाजिक विकास मन्त्रालयबाट प्राप्त बजेटबाट अपांगता सहायक सामग्री खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।

अपांगता भएका ब्यक्तिहरुलाई दैनिक जिवनयापनमा सहज होस भनेर अपांगता सहायक सामग्री वितरण गरिएको हो । खरिद गरिएका अपांगता सहायक सामाग्री मध्ये ४ बैशाखी, दुइ वाकर,शुन्य उपकरण ५, नौ ओटा छडी र ८ ओटा चस्मा वितरण गर्न बाँकी रहेका बताइएको छ ।

वितरण गर्न बाँकी अपांगता सहायक सामग्रीका लागि स्थानीयतहरुको स्वास्थ्य शाखाहरुमा पत्राचार गरिएको र काेही छुटेका भए सम्पर्कमा आएपिछ  वितरण गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.