पहिरोलेअवरुद्ध पाटन–पञ्चेश्वर सडक खुल्याे
बैतडी भदाै २३ । बर्षाका कारण पहिरो खस्दा अवरुद्ध बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड सुचारु भएको छ । लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध पाटन–पञ्चेश्वर सडकखण्ड मंगलबार बेलुका देखिनै सुचारु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दिनभर पहिरो पन्छाएर बेलुका ७ बजेदेखि सडक सुचारु भएकाे बताइएकाे छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा सोमबार राती पहिरो खस्दा पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएकाे थियाे । सडक खुलेपछि सवारीसाधन आवागमन शुरुभएको छ । खसेको पहिराे पन्छाएपछि सवारीसाधन चलेका बताइएकाे छ । बेला बेला पहिरो खस्ने हुँदा यात्रुहरुले हैरानी खेप्नुपरेको छ ।