बैतडीका ५ स्थानीयतहमा खुले विद्यालय, बाँकी स्थानीयतह पनि खाेल्ने तयारीमा

डीआर भट्ट- बैतडी -भदाै २३ । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेका बैतडीका विद्यालय खुल्न थालेका छन् । संक्रमण घट्दै गएपछि विद्यालय खुल्न थालेका हुन् । अहिले जिल्लाका ५ स्थानीयतहमा विद्यालय खुलेका छन् । सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा विद्यालय खुलेका हुन् ।

शिवनाथ गाउँपालिकामा यसघि नै विद्यालय खुलेकोमा भदौ ७ गते देखी पञ्चेश्वरमा आइतबारबाट पाटनमा सोमबारबाट दनपा र मंगलबारबाट सिगास गाउँपालिका भित्रका विद्यालय खुलेका हुन् । सोमबारबाट नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा आएका दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका विद्यालयहरुलाई भदौ २१ देखि २७ गते सम्म सञ्चालन ल्याइसक्न नगरपालिकाले निर्देशन दिएकाेमा कितपय विद्यालय सञ्चालनमा आइसकेका छन् भने कतिपय २७ गतेबाट सञ्चालनमा आउने बताइएको छ। यस्तै सिगास गाउँपालिका भित्रका विद्यालय मंगलबारबाट सञ्चालनमा आएका गाउँपालिकाकी उपाध्यक्ष द्राेपति चन्दले बताउनुभयो । कोरोना जोखीम कायमै रहेपनि यहाँका स्थानीयतहरुले विद्यालय सञ्चालन गरेर पठनपाठन सुरु गरेका छन् ।

यता स्थानीयतहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर विद्यालयहरुमा पठनपाठन भइरहेको बताएका छन् । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित रहेपनि विद्यालय सञ्चालनमा ल्याइएको छ ।  दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा अहिले पनि कोरोनाका सक्रिय संक्रमित छन् ।

शिवनाथ, सिगास, गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने कोरोनाक संक्रमित संक्रमण मुक्त भइसकेपछि विद्यालय सञ्चालनमा ल्याएकोमा  पाटन र दनपाले संक्रमित रहेकै बेला विद्यालय सञ्चालनमा ल्याएको छ । स्थानीयतहरुले विद्यालय सञ्चालन गरेपछि कतिपयले राम्रोको संज्ञा दिएका छन् भने धेरैले मनलाग्दी निर्णयभएको र यसले जोखीम बढ्ने भन्दै आलोचना गरेका छन् । बैतडीमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका पालिकाले विद्यालय सञ्चालनमा ल्याएका छैन्न भने कोरोनाका सक्रिय संक्रमित रहेका पालिका भित्रका विद्यालयहरुमा धमाधम पढाइ भइरहेको छ ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपािलका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन यी मध्ये शिवनाथ, सिगास र  पञ्चेश्वरले मात्रै विद्यालय सञ्चालन गरेको छ भने अन्य पालिकामा विद्यालय बन्द अवस्थामा छन् । अन्य पालिकाहरुले पनि विद्यालय सञ्चालनको लागि छलफलमा जुटेको बताएका छन् । बैतडीकाे डीलाशैनी ,सुर्नया गाउँपालिका र पुर्चाैडी नगरपालिकाले   भदाै २७ गते  देखि विद्यालय  सञ्चालनमा आउने  बताएकाे  छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.