निजामती सेवा दिवसः बैतडीमा वृक्षा रोपण गरेर मनाइयाे
बैतडी भदाै २२ । निजामती सेवा दिवस बैतडीमा पनि मनाईको छ । बैतडीमा वृक्षा राेपण गरेर दिवस मनाइएकाे हाे । जिल्लाको सुर्नया गाउँपालिकाका कर्मचारीहरुले वृक्षा रोपण गरेर निजामती सेवा दिवस मनाएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलापती भट्ट र अन्य पालिकामा कार्यरत कर्मचारीहरुहरुले निजामती सेवा दिवसको अवसरपारेर वृक्षा रोपण गरेका बताइएको छ। १८ औँ निजामती सेवा दिवसको अवसर पारेर पालिकाको परिसरभित्र विभिन्न प्रजातिका विरुवा रोपण गरिएको गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी ओम प्रकाश पन्तले जानकारी दिनुभयो । मंगलबार “व्यवशायिक र सिर्जनसिल प्रशासन: समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ देशभरीनै निजामती सेवा दिवस मनाइदै छ ।
प्रत्येक वर्षको भदौ २२ गते निजामती दिवस मनाइन्छ । निजामती सेवाबारे जनचासो बढोस्, यसको गतिशीलतामा वृद्धि होस्, सुशासन कायम गर्न यस सेवाको भूमिका उल्लेखनीय रहोस् भनेर सर्वप्रथम २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हाे ।