सोमबार बैतडीका थप १ जनामा कोरोना संक्रमण पुष्टि
बैतडी भदौ २१ /सोमबार बैतडीका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार ५३ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै बैतडीमा कोरोना सक्रिय संक्रमित २० जना रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिका २ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा १/१ जना रहेका छन् । यस्तै जिल्ला बाहिरका एक जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।