बैतडीमा नेकपा एकीकृत समाजवादी पार्टिको जिल्ला कार्यालय स्थापना

बैतडी भदौ २०/ नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादीले बैतडीमा जिल्ला कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट औपचारिक रुपमा विभाजन भएपछि जिल्ला सदरमुकाममा पार्टी कार्यालय स्थापना गरिएको हो । एमाले फुट्नु अघि बनाएको समानान्तर कमिटिका १६५ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य दिनेशप्रसाद भट्टले बताउनुभयो । जिल्ला पार्टी अध्यक्ष महादेव भट्टले आइतबार कार्यालयको उद्दघाटन गरेका हुन् ।आइतबार मात्रै जिल्लाका ३५ जना जनप्रतिनिधि हरुले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.