दनपा २ र ३ का कोरोना प्रभाबित, बिपन्न र गरिब परिवारलाई खाद्यन्न वितरण

बैतडी-भाद्र १७/ बैतडीको दशरथचन्द नगरपालिकाका बिभिन्न २ वडाका कोरोना प्रभावित, बिपन्न, र न्युन आय स्तरका भएका परिवारहरुलाई खाद्य समाग्री वितरण गरिएको छ । दलित समाज विकास मञ्च र महिला मानव अधिकार रक्षक संञ्जाल बैतडीले बिहिवार नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ का गरिब घर परिवारहरुलाई खाद्यन्न समाग्री वितरण गरेको हो । दुबै वडाका गरी १४ परिवारलाई चामल, दाल, नुन र तेल लगायतका खाद्य समाग्री तथा मास्क समेत बितरण गरेको दलित समाज विकास मञ्च बैतडीका अध्यक्ष सरस्वती नेपालीले जानकारी दिनुभएको छ । ६० घर परिवारलाई खाद्यन्न समाग्री वितरण गर्ने लक्ष्य रहेकोमा यस अघि जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का १० परिवार, वडा नम्बर १ का १० परिवार र मेलौली नगरपालिका वडा नम्बर ५ मा पनी १० परिवारलाई उक्त खाद्यन्न समाग्री वितरण गरिसकोको उनले बताईन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.