बैतडीः सुचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक सम्पन्न
बैतडी–असोज ४/ बैतडीमा बिभिन्न कार्यालयका सुचना अधिकारी र सञ्चांरकर्मीहरुको बैठक सम्पन्न भएको छ । प्रत्येक महिनाको ४ गते हुदै आएको सुचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक आईतबार सम्पन्न भएको हो । बिभिन्न कार्यालयहरुले गरेका गतिबिधिहरु र सेवा प्रबाहको बिषयमा आम नागरिकहरु समक्ष सुचनाहरु पुगाउन सहज होस भन्ने हेतुले प्रत्येक महिनाको ४ गते जिल्ला प्रशासन कार्यालयमा सुचना अधिकारीहरु र सञ्चारकर्मीहरुको बैठक बस्दै आएको छ । बिभिन्न कार्यालयहरु र सञ्चारकर्मीहरुको सम्बन्ध नजिकै बनाउदै सुचना प्रबाह गरी नागरिकहरुलाई सु–सुचित गराउन बैठकले सहयोग पुगाउने अपेक्षा गरिएको छ ।
आईतबार समपन्न बैठकमा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले समाचार संकलन तथा प्रकाशन÷प्रसारण गर्दा गोपनीयताका कुराहरुमा बिशेष ध्यान दिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । कुनै पनी घटनाहरुमा समाचार संकलन गर्दा हचुवाका भरमा समाचार प्रकाशन÷प्रसारण नगरी सत्यतथ्य बुझेर र गोपनीयतालाई बिशेष ख्याल गर्न उहाँले आग्रह गर्नुभएको हो । यस्तै प्रमुख जिल्ला अधिकारी जोशीले अहिले बैतडीमा सुरु भएको राष्टिय परिचय पत्रको बिषयमा पनी ब्यापाक प्रचार गरेर सहयोग गरी दिन आग्रह गर्नुभएको छ । राष्टिय परिचय पत्रको बिषयमा यहाँका नागरिकहरु अनबिज्ञ रहेकोले प्रचार गरी सहयोग गरीदिन आग्रह गर्नुभएको हो ।