बैतडीका पाँच स्थानिय तहमा कृषक पाठशाला सञ्चालन हुने
बैतडी-भाद्र १७/ बैतडीमा बिभिन्न स्थानिय तहहरुमा कृषक पाठशाला सञ्चालन हुने भएका छन । कृषि ज्ञान केन्द्र मार्फत चालु आर्थिक बर्षमा जिल्लाका ५ वटा स्थानिय तहहरुमा कृषक पाठशाला सञ्चालन हुने भएका हुन् । पाठशाला एक बाली अवधि अर्थात १६ हप्तासम्म सञ्चालन गरिने छन ।
रसायनिक बिषादीको प्रयोगमा कमी ल्याउदै तरकारी खेतीमा अन्य बैल्पिक बिधिबाट रोग किराको नियन्त्रणका लागी कृषक पाठशाला सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।पाठशालाले कृषकहरुलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका बिधि अवलम्बन गर्दै उत्पादनमा बृद्धि गर्न टेवा पुगाउने केन्द्रले जनाएको छ ।
पाटन नगरपालिकाको बन्तडमा, डिलाशैनी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा, पञ्चेश्वर गाउँपालिकामा र सुर्नया गाउँपालिका १ मा तरकारी कृषक पाठशाला संचालन गरिने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख दिल बहादुर सिँहले जानकारी दिनुभएको छ । यस्तै दशरथचन्द नगरपालिका १० मा आलु खेती कृषक पाठशाला सञ्चालन हुने सिहले बताउनुभयो । कृषि ज्ञान केन्द्रले पाठशाला सञ्चालनका लागी आईएमपि तालिम प्राप्त ब्यक्तिहरुलाई आबेदन दिन आग्रह गर्दै सुचना प्रकाशन गरेको छ । गत बर्ष पनि जिल्लाका बिभिन्न १० ठाउँमा पाठशाला सञ्चालन गरिएका थिए ।