दोगडाकेदारमा माओवादी केन्द्रले वडा स्तरमा कार्यकर्ता भेला गर्ने
बैतडी-भाद्र १५/ नेकपा माओवादी केन्द्रले बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडा स्तरमा कार्यकर्ता भेला गर्ने भएको छ । वडा तह देखि नै संगठनलाई मजबुद बनाउदै हरेक ठाउँमा माओवादी केन्द्रको बलियो उपस्थिति गराउन गाउँपालिकाको ८ वटै वडाहरुमा कार्यकर्ता भेला र वडा कमिटि गठन गरिन लागेको केन्द्रले जनाएको छ । माओवादी केन्द्रको अगामी पुषमा हुन गईरहेको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै केन्द्रिय सर्कुलर अनुसार वडा स्तरमा कार्यकर्ता भेला तथा वडा कमिटि गठन गर्न लागिएको नेकपा माओवादी केन्द्रका दोगडाकेदार गाउँ कमिटि सचिव धन बहादुर महराले जानकारी दिनुभएको छ ।
माओवादी केन्द्र दोगडाकेदार गाउँ कमिटिको पुर्ब निर्धारित कार्यक्रम अनुसार भाद्र २० गते वडा नम्बर ६ सित्तडमा, २१ गते वडा नम्बर १ रिममा, २२ गते वडा नम्बर ८ कटौजपानीमा र २३ गते वडा नम्बर २ कपलकोटमा कार्यकर्ता भेला तथा वडा कमिटि गठन गरिने महराले बताउनुभयो । यस्तै भाद्र २४ गते वडा नम्बर ३ श्रीकोटमा, २५ गते वडा नम्बर ७ देउलेकमा, २५ गते वडा नम्बर ४ श्रीकेदारमा र भाद्र २७ गते वडा नम्बर ५ न्वाँलीमा कार्यकर्ता भेला तथा वडा कमिटि गठन गरिने भएको हो । राष्ट्रिय राजनितिक बृत चित्रमा भएको घटनाक्रमले यत्रतत्र भएका कार्यकर्ताहरुलाई संगठित गरेर अगाडी बढ्न कार्यकर्ता भेला गरिरहेको माओवादी केन्द्र दोगडाकेदारले जनाएको छ ।
माओवादी केन्द्र अहिले फेरि पनी देशलाई माओवादीमय बनाउन र जनस्तरमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै लोकप्रिय पार्टी बनाउने कसरतमा लागेको छ । यस्तै देशभरी भदौ मसान्त भत्रि सदस्यता वतिरण गरी सक्ने , असोज २० गते भित्र वडा सम्मेलन, असोज भित्र गाउँपालकिा र नगरपालकिा सम्मेलन , कार्तिक मसान्त भत्रि जिल्ला सम्मेलन, मंसरि १५ गते भित्र प्रदेश सम्मेलन , पुष ११ र १३ गते राष्ट्रिय सम्मेलन गरी सक्ने नेकपा माओवादी केन्द्रले निणर्य गरेको छ ।