मेलौली ५ मा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

बैतडी-भाद्र १५/ बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले मेलौली नगर कमिटि सदस्य लक्ष्मी दत्त जोशीको अध्यक्षता एबंम मेलौली नगर कमिटि ईन्चार्ज जगदिश सिह नायकको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । यस्तै कार्यक्रमको बिशिष्ट अतिथि नेकपा एमाले मेलौली नगर कमिटि अध्यक्ष एबंम जिल्ला कमिटि सदस्य बलभद्र दयाल रहनु भएको थियो । नेकपा एमाले आधाकारिक रुपमै बिभाजन भएको अवस्थामा पार्टी सुढृडकरण गर्दै अगाडी बढ्नका लागी वडा स्तरमा अगुवा कार्यकर्ता भेला गरिएको जनाईएको छ ।

    भेलाले वडा भित्रमा पार्टी सदस्यता भदौ २५ गते भित्र नविकरण गरिसक्ने निणर्य गरेको छ भने पार्टीका बिभिन्न जनबर्गीय संगठनहरुको वडा स्तरीय अधिवेशन आयोजक कमिटि समेत गठन गरिएको नगरकमिटि सदस्य तिलक सिँह पुजाराले जानकारी दिनुभएको छ । अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ती समाज, अखिल नेपाल किसान महासंघ र युवा संघ नेपालको अधिबेशनका लागी अधिवेशन आयोजक कमिटि गठन गरिएको पुजाराले बताउनुभयो ।

    भेलाले भदौ मसान्त सम्म पार्टीको टोल कमिटिहरु समेत गठन गर्ने निणर्य गरेको छ । यस्तै भेलाले नेकपा एमाले बैतडीमा पुर्ब पार्टी सचिब आनन्द देब भट्टको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्ष समेत रहेका भट्टको ८६ वर्षको उमेरमा ‘अल्जाइमर रोग’बाट सोमवार निधन भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.