बैतडीमा काङग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

जनक साउँद-बैतडी-भाद्र १५/ बैतडीमा नेपाली काङग्रेसको वडा तहको अधिवेशन निर्धारित समयमा नहुने भएको छ । काङग्रेसले भदौ १८ गते वडा तहको अधिवेशन गर्ने निणर्य गरेको भए पनि बैतडीमा भने १८ गते वडा तहको अधिवेशन नहुने भएको हो । जिल्ला कार्य सम्पादन समितिको मगंलवार बसेको बैठकले तीन दिन पछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निणर्य गरेको नेपाली काङग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभएको छ । केन्द्रले बैतडीका लागी पठाएका जिल्ला निर्वाचन अधिकृत पुष्प राज जोशी मगंलवार मात्र बैतडी पुगेका र आवश्यक तयारी नपुगेकाले उहाँको सुझावमा २१ गते वडा अधिवेशन गर्ने निणर्य गरिएको पाण्डेले बताउनुभयो ।

   अधिवेशनका लागी जिल्लाका ८४ वटै वडामा वडा निर्वाचन अधिकृत तोक्न बाँकी नै रहेको र नेपाल शिक्षक संघ बैतडीले प्रत्येक वडाका लागी निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउने जनाईएको छ । संघले वडा निर्वाचन अधिकृतको नामावली उपलब्ध गराए पछि उनीहरुलाई प्रशिक्षण दिईने र मतदान समाग्रीहरु समेत उपलब्ध गराईने काङग्रेस बैतडीले जनाएको छ । यस्तै क्रियाशिल सदस्यतामा कुनै त्रृटि भएमा सच्याउन पाउने अधिकार पनी वडा निर्वाचन अधिकृतलाई दिने निणर्य जिल्ला कार्य सम्पादन समितिको बैठकले गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.