बैतडीमा फेरि कोरोना संक्रमण बढ्दै, सोमवार एकै दिन ६ जना थपिए

बैतडी-भाद्र १४/ बैतडीमा कही मथ्थर भएको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । चाडपर्वका कारण बढेको भिडभाडका कारण संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नहुँदा संक्रमण बढेको हो । सोमवार एकै दिन बैतडीका ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका बिभिन्न वडाका ६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ४ जना पुरुष र २ जना महिला रहेका छन् । यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ जना पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १७ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौडी नगरपालिकामा २ जना तथा जिल्लाको सिगाँस गाउँपालिका र सुर्नया गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित छन् भने जिल्ला बाहिरका १ जना रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.