बैतडीमा भु-सेवा सञ्चालक समिति गठन

बैतडी-भाद्र १२/ बैतडीमा भुमी सम्बन्धी काम गर्दै आएका भु-सेवा केन्द्र ब्यबसायीहरुले भु-सेवा सञ्चालक तर्दथ समिति गठन गरेका छन् । महालक्ष्मी भु-सेवा केन्द्रका सञ्चालक पदम बहादुर रोकायाको अध्यक्षतामा सर्बसम्मत ५ सदस्यीय समिति गठन गरिएको हो । समितिको सचिवमा जगन्नाथ भु-सेवा केन्द्रका सञ्चालक ईश्वर बोहरा, कोषाध्यक्षमा महेन्द्र सिह कार्की चयन भएका छन् । पछिल्लो समयमा मालपोत कार्यालयकै मातहत रहेका भु-सेवा केन्द्रहरुले जग्गा सम्बन्धी नाम सारी, अंशवण्डा र राजीनामा लगायतका कामहरु अनलाईनबाटै गर्दै आएका छन् । जिल्लाका बिभिन्न ठाउँबाट आउने सेवाग्राहीलाई जग्गा सम्बन्धीका सेवाहरुमा सहजता प्रदान गर्न कार्य गर्ने हेतुले भु-सेवा सञ्चालक तर्दथ समिति गठन गरिएको समितिका अध्यक्ष रोकायले बताउनुभएको छ । बिभिन्न कारणले सेवाग्राहीलाई सेवा लिन झन्झटिलो र बढी खर्चिलो हुने गरेको अवस्थामा त्यस्ता समस्या समाधान कसरी गर्ने सकिन्छ भन्ने बिषयमा समितिले काम गर्ने रोकायाको भनाई छ । भु-सेवा केन्द्र ब्यबसायी, मालपोत कार्यालय र सेवाग्राहीहरु बिचको समन्वय बढाएर चुस्त दुरुस्त सेवा प्रवाह गर्नु नै समितिको मुख्य उदेश्य रहेको समितिका सचिव बोहराले बताउनु भएको छ । अहिले तर्दथ समिति गठन गरिएकोमा छिट्टै वैधानिक रुपमै समिति दर्ता गराईने उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.