बैतडी : जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठक सम्पन्न
बैतडी-भाद्र ११/ जिल्ला कोभिड ब्यबस्थापन समिति बैतडीको बैठक सम्पन्न भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी एंबम कोभिड ब्यबस्थापन समितिका संयोजक राजेन्द्रदेब पाण्डेको संयोकत्वमा शुक्रवार बैठक सम्पन्न भएको हो । चाडपर्बहरु नजिकिएसंगै भिडभाड बढ्दै गएकोले सकंम्रमणको जोखिम समेत बढ्दै बढी रहेको अवस्थामा कोभिड १९ को रोकथाम, नियन्त्रण र निदान तथा उपचारलाई थप प्रभावकारी बनाउने बिषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभएको छ ।
सार्वजनिक सेवा प्रबाह गर्दा तोकिएका आवश्यक मापदण्डहरुको पालना गराउने, पसल ब्यबसायहरु बिहान६ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने तथा प्रत्येक महिना ब्यबसायीहरुको कोरोना परीक्षण गर्ने कार्यलाई निरन्तरता दिने, सिट क्षमता भन्दा बढी यात्रुहरु राख्न नपाउने गरी सार्वजनिक एंबम निति सवारी साधन सञ्चालन गर्न दिने र महिलाको एक चोटी चालक तथा सहचालकको कोरोना परीक्षण गराउने र होटेल तथा रेस्टुरेन्टहरु आवश्यक स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै सञ्चालन गर्न दिने निणर्य बैठकले गरेको प्रशासकिय अधिकृत भारतीले बताउनुभयो ।
यस्तै चाडपर्नहरुलाई मध्यनजर गर्दै बजारमा हुनसक्ने कालो बजारी गर्न तथा कृत्रिम अभाव सिर्जना गरी आवश्यकता भन्दा बढी समान राखेको, म्याद नाघेका औषधी तथा अन्य समाग्री राखेको, कुनै पनी समाग्री निर्धारित मुल्य भन्दा बढीमा बिक्री वितरण गर्नेहरुलाई कानुन बमोजिम कार्बाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउन स्थानिय तहहरुद्धारा निरन्तर अनुगमन गर्न लगाउने निणर्य भएको छ । यस्तै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्रका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै बैकल्पिक सिकाई निर्देशिका २०७७ मा टेकेर बैपल्पिक बिधिबाट पठनपाठन गर्ने वातावरणको सिर्जना गर्न स्थानिय तहहरुलाई पत्राचार गर्ने निणर्य जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले गरेको छ ।