बिहिवार बैतडीमा १ जनामा कोरोना संक्रमण, १ निको

बैतडी-भाद्र १०/ बिहिवार बैतडीमा १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भने १ जना सक्रिय संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ का ४४ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । एक जना निको भएका हुन् । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १२ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौडी नगरपालिकामा २ जना तथा सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.