माओवादी केन्द्रको बैतडी ईन्चार्जमा नरेन्द्र कुवँर
बैतडी-भाद्र ०९/ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीको ईन्चार्जको जिम्मेवारी नरेन्द्र कुवँर (बिजय सुन्दर) ले पाएका छन् । नयाँ स्वरुप सहित संगठन बिस्तारको कार्यलाई तिब्रता दिएको माओवादी केन्द्रले कुवँरलाई बैतडी ईन्चार्जको जिम्मेवारी दिएको हो । पुर्व संबिधान सभा सदस्य समेत रहेका कुवँरलाई ईन्चार्जको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला सचिवालय सदस्य अर्जुन रानाले जानकारी दिनुभएको छ । यस्तै माओवादी केन्द्रले दार्चुला जिल्ला समन्वय समितिको ईन्चार्जमा मान बहादुर धामी, डडेल्धुरा ईन्चार्जमा सुदुर पश्चिम प्रदेश ईन्चार्ज समेत रहेका खगराज भट्ट, बझाङ ईन्चार्जमा देब राज रेग्मी, अझाम ईन्चार्जमा शरद सिह भण्डारी, बाजुरा ईन्चाजमा कणर् बिक, डोटी ईन्चार्जमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत रहेका त्रिलोचन भट्ट, कञ्चनपुर ईन्चार्जमा देबी लाल चौधरी र कैलाली ईन्चार्जमा रुपा चौधरीलाई तोकेको छ । केन्द्रले सुदुरपश्चिम प्रदेश ईन्चार्जमा खग राज भट्ट तथा सह ईन्चार्जमा लक्ष्मी जोशी र तारामान स्वाँरलाई तोकेको छ ।