बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि
बैतडी-भाद्र ०९/ बुधवार बैतडीका थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै बुधवार थप २ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १३ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ७ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौडी नगरपालिकामा २ जना र सिगाँस गाउँपालिका तथा सुर्नया गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।