बैतडी : आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु

बैतडी-भाद्र ०८/ बैतडीमा आजदेखि कोरोना भाईरस कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा  लगाउन शुरु गरिएको छ । गत श्रावन १७ गतेदेखि भेरोसेलको खोपको पहिलो मात्रा लगाएका नागरिकहरुलाई आजदेखि दोस्रो मात्रा लगाउन शुरु गरिएको हो । खोपको दोस्रो मात्रा प्रत्येक वडाका खोपकेन्द्रहरुबाट दिन लागिएको हो । आज पहिलो दिन जिल्लाको पाटन नगरपालिकाका नागरिकहरुलाई खोपको दोस्रो मात्रा लगाईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भोली पनी सोही नगरपालिकाका नागरिकहरुलाई खोप दिईने छ । यस्तै दोगडाकेदार गाउँपालिकाका नागरिकहरुलाई भदौ १० र ११ गते भरोसेलको दोस्रो मात्रा लगाईने छ । पुर्चौडी नगरपालिकाका नागरिकहरुलाई भदौ ११ र १२ गते, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुलाई भदौ १२ र १३ गते खोप लगाईने छ । त्यसै गरी जिल्लाको सिगास गाउँपालिकाका नागरिकहरुलाई भदौ १५ र १६ गते र डिलाशैनी गाउँपालिकाका नागरिकहरुलाई भदौ १६ र १७ गते कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईने बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.